काठमाडौँ – चर्चित गायिका रचना रिमाल र गायक कृष्ण ढकालको ‘टिकटक क्विन: सुपर म्यान’बोलको गीत सार्वजनिक भएको छ । प्रेममा आधारित
उक्त गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ भने,गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।
सो गीतको म्युजिक भिडियोमा नायक पल शाह, दुर्गेश थापा, नायिका गरिमा शर्मा र रुचि विश्वासको अभिनय रहेको छ। भिडियोमा नायिकाले टिकटकको बाहानामा आफ्नो दिलभित्रको मान्छेलाई सुपर म्यानको नाम दिएका छन् । गितको भिडियो खुब रमाइलो रहेको छ ।
राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीले छायाँकन गरेका छन् । भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् भने, निर्देशन शान थापा गरेका छन् । यस गीतका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Comments are closed.