Nepal's First Video FM

धेरै पछि लोकप्रिय गायक बद्री पंगेनीले ल्याए सबैलाई नचाउने गीत ‘बिर्सियौ’ (भिडियो)

1,665

नेपाली लोकदोहोरी क्षेत्रका सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक बद्री पंगेनी र मिलन नेवारले आवाज दिएको निकै बहुप्रतिक्षित लोकदोहोरी गीत ‘बिर्सियौ’ बजारमा आएको छ। पछिल्लो समय सबैले खोजिरहेका बद्री पंगेनीको धेरै जसो गीतहरु चेतना भावमा जोडिएकै हुन्छ।उनका गीतको प्रतीक्षा धेरैले गरिरहेको हुन्छ सोहि बिचमा यो गीत बजारमा आएको हो।

गीतमा बद्री पंगेनी आफैले शब्द तथा संगीत भरेका छन।पंगेनी नेपाली दोहोरी क्षेत्रका एक सफल गायक मात्र हैनन् धेरैका अभिभावक पनि हुन्। बद्री पंगेनीकै प्रस्तुतिमा बजारमा आएको उक्त गीत बद्री पंगेनी युटुब च्यानलबाट सार्बजनिक भएको हो।गीतमा अभिनय भने चर्चित मोडल तथा निर्देशक सुनिल छेत्री र प्रिया अधिकारीको रहेको छ।गीतको निर्देशन पनि सुनिल छेत्रीले नै गरेका छन।

एक प्रेमी प्रेमिकाको कहानीलाई जोडेर बनाइएको गीतमा कतै मलाइ भुलेउ कि भन्ने प्रश्न उतर जोडिएको गीत भएर बजारमा आएको हो।गीतको छायांकन भने ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका छन।अमृत सपागाईको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भर्खरै सार्बजनिक भएको गीतले चर्चा बोटुल्ने पक्का निर्माण टिमको रहेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ।हेरौ भिडियो :

You might also like

Comments are closed.