Nepal's First Video FM

नायक पल शाह विवादमा मुछिए, अरुण प्रधानले दिए प्रहरीमा उजुरी – कारवाहीसहित शान्ति सुरक्षाको माग

409

काठमाडौं, चर्चित नायक पल शाह विवादमा मुछिएका छन् । सुनसरी इनरुवा नगरपालिका वडा नम्बर १ स्थायी घर भई हाल धरानमा बस्दै आएका अरुण प्रधानले नायक शाहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । प्रधानले शान्ति सुरक्षाको मागसहित प्रहरीमा उजुरी गरेका हुन् ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष प्रधानले नायक शाहले आफूमाथि अपशब्द बोल्दै भौतिक आक्रमण गरेको भन्दै उनीमाथि कारवाहीसहित शान्ति सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन । नेपाली चलचित्रको प्रभाव सम्बन्धी कार्यक्रममा अतिथिको रुपमा सहभागिताको लागि आग्रह गर्ने क्रममा प्रधानमाथि गाली गलौचसहित भौतिक आक्रमण भएको बताईएको छ ।

You might also like

Comments are closed.