Nepal's First Video FM

काठमाडौंका केही ठाउँमा आज ६ घण्टासम्म बत्ती जाने

451

काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिरकणका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ । जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

यस्तै, काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने छ ।

You might also like

Comments are closed.