Nepal's First Video FM

यो स्वार्थी संसारमा कस्लाई सोध्ने होला का गायकको नयाँ गीत ‘फलाम पिटेर तरबार’ ट्रेण्डिङमा

129

काठमाडौं । गायक भागीरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘फलाम पिटे तरबार’ बोलको लोक दोहोरी गीत ट्रेण्ड्रिङमा छ ।

गायक चलाउनेले आफ्नै युट्युब च्यानलबाट गीत रिलिज गरेका छन् । गीतको शब्द र संगीत चलाउने आफै नै रचना गरेका हुन् । गायक चलाउनेका गीतहरू निकै रुचाइएकामा पर्छन् ।

यो गीत भन्दा पनि पहिला चलाउने को थुप्रै चर्चित गीत हरु छन् कसलाई सोध्ने होला ,गोरखपुरको सलाई ,जाउला बरीलै ,जस्ता गीत बजारमा हिट भएको थियो । लामो समयपछि गायक चलाउनेले उत्कृष्ट गीत ल्याएको चर्चा छ । गायक चलाउने पनि आफ्नो नयाँ गीत ‘फलम पिटे तरबार’ बोलको गीतबाट उत्साह थपिएको बताएका छन् ।

बजारमा आएको उक्त गीत भगिरथ चलाउने को युटुब च्यानलबाट सार्बजनिक भएको हो। म्युजिक भिडियोमा अभिनय भने चर्चित मोडल अशिरप्रताप जंग र लोसिना लामिछानेको अभियन रहेको छ।गीतको निर्देशन सुनिल छेत्रीले गरेका छन।

छायांकन भने दिपक गिरि गरेका छन।अमृत चापागाईको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भर्खरै सार्बजनिक भएको गीतले चर्चा बोटुल्ने पक्का निर्माण टिमको रहेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.