Nepal's First Video FM

छाडा बन्दै गए पुरातत्व विभागलाई कारवाही गर्ने चेतावनी : विद्यासुन्दर शाक्य

86

काठमाडौ । पुरातत्व विभागका कारण सम्पदा निर्माणमा विवाद हुने गरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागप्रति आक्रोश पोखेका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा प्रमुख शाक्यले छाडा बन्दै गए पुरातत्व विभागलाई कारवाही गर्ने चेतावनी पनि दिए । विभागकै कारण कमलपोखरी निर्माणमा पनि विवाद उत्पन्न भएको शाक्यको भनाइ छ ।
प्रमुख शाक्यले पुनर्निर्माण प्राधिकरणले विवादमा नबोल्दा निर्माण कार्यमा ढिलाई हुने गरेको भन्दै प्राधिकरणको पनि आलोचना गरे । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको उनको आरोप छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सम्पदाहरुको पुनर्निर्माण गर्दा सरकारी निकायहरुबीच समन्वय हुनुपर्ने बताए । प्राधिकरण जोडिएका सम्पदाहरुको निर्माणमा समस्या आए समाधानका गर्ने उनको भनाइ छ ।

सिइयो ज्ञवालीले भारत सरकारको आर्थिक सहयोगमा सेतो मच्छिन्द्रनाथको मन्दिर बनाउन लागिएको जानकारी पनि दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.