Nepal's First Video FM

नाम मात्रै कमाएर हुन्छ बिवाह गरेर सन्तान जन्माउनु पर्दैन भन्दै गायक राजेशका – माईजुले बिहेकोलागी दबाब दिंदा चुप लागेर हस्

397

काठमाण्डौ । गायक राजेश पायल राई आफ्नो मामा घर झण्डै ३० वर्षमा मावलीघर गएका हुन् । मामाघरको आँगनमा उभिएर गायक राजेशले आफ्नो बालापनको धेरै कुरा सम्झिए ।

मामाले भने भान्जाले आफुले भनेको कुरा मानेर राजेश पायल राई नै नाम राखेको र उक्त नामबाट नै अहिले राजेशको पहिचान बनकोमा भान्जाले आफ्नो कुराको मान राखेकोभन्दै मामापनि नै खुशी भए । उता राजेशलाई उनकी माईजुले बिहे गर्नकोलागी दबाब दिईन् ।

माईजुले राजेशलाई भनिन्,‘अब बिहे गर्नु पर्छ । समय घर्कि सक्यो । तिम्रो बिहे खान पाईन्छ कि भन्दाभन्दै धेरैजना बितिसक्नु भयो । अब मेरो पनि पालो आई राखेको छ । मलाई बिहे कहिले खुवाउँछौं ?’ माईजुले राजेशलाई प्रश्न गर्दै भनिन्,‘अब तुरुन्तै बिहे गर है भान्जा । दुई छोरा र दुई छोरी त्योपनि जुम्ल्याहा जन्माउनु पर्छ तिमीले ।’

१०० पुगेकी माईजुले बिहेकोलागी दबाब दिंदा राजेशले चुप लागेर हस् भन्नु बाहेक अरु उनीसंग कुनै उपायपनि थिएन । के राजेशको अब बिहे हुन्छ होला त ? के राजेशले जुम्ल्याहा सन्तान नै जन्माउँछन् होला त ? यो सबालको जबाफ केवल राजेश सँग मात्र छ ।

You might also like

Comments are closed.