Nepal's First Video FM

पाँच वर्षमा दुई हजार ५५ ले आत्महत्या गरे ! पढ्नुहोस्

869

फाल्गुन २३, मङ्गोलियामा गरिएको एक सर्वेक्षणका अनुसार सन् २०१२ देखि २०१६ सम्म दुई हजार ५५ मङ्गोलियाली नागरिकले आत्महत्या गरेका छन् ।

यस प्रकार आत्महत्या गर्नेमा प्रायः पुरुष रहेको हालै गरिएको सो सर्वेक्षणको प्रतिवेदनमा जनाइएको छ ।

मङ्गोलियाको सामान्य अभियोक्ताको कार्यालयले गरेको यस सर्वेक्षणको प्रतिवेदनअनुसार यस आत्महत्या गर्नेमा ८४ प्रतिशत पुरुष रहेका छन् ।

बेरोजगारी, घरायसी विवाद, श्रीमान् श्रीमती र प्रेमी प्रेमिकाबीचको सम्बन्ध र आर्थिक अवस्था कमजोर हुनु नै आत्महत्याको कारण रहेको बताइएको छ ।

पूर्वी एशियाली यस राष्ट्रमा जनसंख्याको हिसाबबाट ३० लाखभन्दा मात्र बढी रहेको छ । रासस

You might also like

Comments are closed.