Nepal's First Video FM

डोजरको ठक्करबाट महिलाको मृ त्यु, स्थानीयले गरे डोजरमा आगजनी !

153

सल्यानटार (धादिङ) : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाइ जेसीवी डोजरले ठक्कर दिएको हो।

महिलाको शव भने माटोले पुरिएको अवस्थामा भेटिएको थियो। घटना कसरी भयो भन्ने बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन। यद्यपी घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएपछि चालक फरार भएका थिए।

ठक्करबाट घाइते भएकी महिलालाइ डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरिदिएका छन्।

आक्रोशित स्थानीयले घटनास्थलमा नाराबाजी गरी क्षतिपुर्तिको माग गरिरहेका छन्। डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.