Nepal's First Video FM

मनोनयन दर्ताका लागि राष्ट्रपति बानेश्वर जाँदै

730

फाल्गुन २३, भावी राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउँदै हुनुहुन्छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले मध्याह्न १२ बजे राष्ट्रपति भण्डारी मनोनयन दर्ताका लागि नयाँ बानेश्वर जानुहुनेछ । सत्तारुढ नेकपा (एमाले) को गए राति सम्पन्न स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा भण्डारीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको थियो । उहाँलाई वाम गठबन्धन समर्थन छ ।

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने राष्ट्रपतिमा लक्ष्मी राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

You might also like

Comments are closed.