काठमाडौं – नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीको सुरक्षाको जिम्मेवारी नेकपाले लिने बताएका छन्। आज प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले देशकै प्रधामन्त्री असुरक्षीत हुनु खतराको संकेत भएको भन्दै आवश्यक परे प्रधानमन्त्रीको सुरक्षाको पहल नेकपाले गर्ने बताएका हुन्।
“कहाँ मैले सुनें, ज्यानकै खतरा छ भन्ने सुनेँ। विचार गर्नु र्पयो है सुरक्षा व्यवास्था गर्नुपर्छ। प्रधानमन्त्रीकै ज्यानको खतरा छ भने प्रधामन्त्रीको सुरक्षा पहल नेकपाले गर्छ,” उनले भने। ओलीले सोमवार पोखरामा भएको कार्यक्रममा सम्बोधन गर्दै आफूमाथि सुरक्षा थ्रेट भएको बताएका थिए
फरक प्रसंगमा नेपालले कांग्रेसलाई प्रधानमन्त्री दिएर अघि बढ्न सक्ने संकेत गरेका छन् । प्रधानमन्त्री आफूहरुलाई नै चाहिने भन्ने नरहेको भन्दै उनले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरी प्रधानमन्त्रीको विषय टुंग्याइने जानकारी दिए।
Comments are closed.