काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले सके सरकारबाट हटाउन चुनौती दिएका छन्।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दाबी गरेका छन् ।
‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’ ओलीले अदालतमा आफू मुद्दा हाल्न नगएको भन्दै अदालतको आदेश पालना गर्न तयार रहेको बताए।
उनले फागुन २३ गते प्रतिनिधि सभा बैठक डाकिएको र त्यसमा आफ्नो सकारात्मक भूमिका हुने बताए। अधिवेशन अघि बढाउने प्रयासमा आफ्नो नकारात्मक भूमिका नहुने ओलीले बताए ।
आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताए । ‘ म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा दरखास्त हाल्न जाँदा तपाईहरुकामा आउँछु, नेपाली जनताको बीचमा जान्छु । ममाथि अन्याय भयो, तपाईहरुले न्याय दिनुस् छु भनेर ।’
Comments are closed.