Nepal's First Video FM

बढ्यो सुनको भाउ , तोलाको कति ?

473

काठमाडाैं , स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ।

मङ्‍गललबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुनको मूल्य आज पाँच सय रुपैयाँले बढेको हो।

नेपाल सुचाँदी व्यवसायी महासङ्‍घका अनुसार मङ्‍गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार पाँच सय रुपैयाँ मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मङ्‍गलबार तोलामा ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएकामा आज तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ। मङ्‍गलबार चाँदी प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार तीन सय १५ रुपैयाँ मूल्य कायम भएको छ।

You might also like

Comments are closed.