फागुन २३, नेपाली कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बिहान बसेको केन्द्रिय समिति बैठकले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ प्रमुख दल एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई निरन्तरता दिने निर्णय गरेपछि कांग्रेसले पनि महिला उम्मेदवारलाई नै प्राथमिकतामा राख्दै राईलाई अघि सारेको हो । यसअघि राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा नेता कुल बहादुर गुरुङ, मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा थियो ।
Comments are closed.