Nepal's First Video FM

महासचिव विप्लव सार्वजनिक

293

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन्। दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपूरबाट सार्वजनिक भएका हुन्।

महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन्। नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो।

उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। प्रहरी स्कटिङमा आजै काठमाडौं पुगेर प्रधानमन्त्री केपी ओली सँग उनले संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

विप्लव पक्षसँग बिहीबार तीनबुँदे सहमति भएपछि बसेको मन्त्रिपरिषद् बैठकले दुई वर्षयता लगाइँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो। सहमतिका विषय बुँदागत रूपमा नखुलाइए पनि त्यसको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम बनेको छ।

You might also like

Comments are closed.