Nepal's First Video FM

चुरोटको ठुटो सल्किएर आगलागी हुदा गएराती एक युवकको मृत्यु

583

फागुन २३, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ । गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव बुधबार बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । रासस

You might also like

Comments are closed.