फागुन २३, कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १ सय ४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४ सय ८९ जना रहेको छ ।
कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २ सय ५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।
उनले भनेशुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन् ।
जिल्लामा ५० जनाभन्दा बढी बालबालिका एचआइभीबाट संक्रमित छन् । महिलाभन्दा पुरुषमा यसको संक्रमण बढी देखिएको विष्टले बताए ।
Comments are closed.