Nepal's First Video FM

नविना लामाको अनेरास्ववियू नेतृत्व छाड्ने तयारी

586

फागुन २३, अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।

लामा समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन् । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियम अनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छन् ।

नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागेको उपाध्यक्ष महेश बर्तौलाले बताए ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेको हो । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२औँ राष्ट्रिय महाधिवेशन भएको थियो ।

दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेका छन् ।

You might also like

Comments are closed.