Nepal's First Video FM

४ लाख घुस लिदै गर्दा अधिकृत चापागाई रंगेहात पक्राउ

604

फागुन २३, भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाई‌ रंगेहात पक्राउ परेका छन् । उनलाई नगरकोटमा जग्गामा मोही छु्टयाउने क्रममा सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चापागाई विरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । हदैसम्मको जरिवाना र कैद सजायको माग गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका दीर्घराज मैनालीले जानकारी दिए ।

You might also like

Comments are closed.