नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक सम्बृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् ।
प्रकाश विकल्पट्ठारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्याय सहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा सम्बृद्धिलाई नाप्न सकिने बताएका हुन् । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई सम्मृद्धि मान्न नसकिने बताए ।
उनले भने “सम्बृद्धि केलाई भन्ने ? केही मुठ्ठीभर व्यक्तिहरु अरबपति, खरबपति भए अरु धेरै व्यक्तिहरुले सामान्य मानविय सुविधा त प्राप्त गरे तर धनी र गरिबको ग्याव, सामाजिक न्यायको स्तर, मानिसको चेतनाको स्तर र सभ्यताको स्तरमा अन्तर पर्यो भने त्यसलाई सम्मृद्धि भन्न सकिदैन । समग्र मानव समाज नै एउटा हारमोनिममा, एउटा तादात्म्यमा सामाजिक न्याय सहित सभ्यताको एउटा नयाँ उचाई छुँदै अगाडि बढेको छ कि छैन भन्ने नै मुख्य कुरा हो । ”
उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भुमिका रहेको बताए । लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए ।
आलोचकहरूले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छवि बनाउने कोशिष गरे उल्लेख गर्दै उनले लेखकले भने यथाअवस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रशंसा पनि गरे ।
Comments are closed.