काठमाडौँ, सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आवाजमा धमाधम गीत रेकर्ड भएका छन् । कमला घिमिरे अशोक दर्जी लगायतका प्रतिभाहरु भन्दा नित्तान्त फरक प्रतिभा छ सचिनको ।
सचिन परियार सानै उमेरमा सबैलाई चकित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आजकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रतिभाहरुले सही स्थान पाईरहेका छन ।
आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफलता देखेर अहिले सबैलाई चकित पारेका छन् । सचिनका हरेक गीतसगींत दर्शक श्रोताले निकै रुचाईदिएका छन् । उनले मेरी बास्सैमा समेत अभिनय गरिसकेका छन् ।
बालक अवस्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समुहले उनलाई पढाउने निणर्य गरेको थियो । अहिले उनी ईन्द्रेणी समुहसगैं बस्दै आएका छन् ।
भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनैदेखि गर्ने हो भने त्यो प्राप्तीकोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सिद्ध भई दिएको छ । हेर्नुहोस आज सचिन परियारको नया लुक्स आएको छ –
Comments are closed.