Nepal's First Video FM

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1,575

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.