Nepal's First Video FM

सन्तोष साहलाई ५१ किलोको माला जनकपुर विमानस्थलमा भव्य स्वागत ‘बीबीसी मास्टर सेफ’ उपविजेता थिए

375

जनकपुर धाम । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई स्थानीय युवाले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । साथै युवाहरुले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् ।

बेलायतमा बस्दै आएका साह फागुन १३ गते काठमाडौं आइपुगेका थिए । १७ दिन काठाडमौं बसेर उनी पुख्र्यौली घर जान लागेका हुन् ।

साहलाई लिन ९५ वर्षीया आमा सोमरीदेवी, दाइ, भाउजू र भतिजी जनकपुर विमानस्थल पुगेका थिए । साहले आमाको नजिक पुगेलगत्तै अंगालो मारे । त्यसपछि आमा र भाउजूले आरति गर्दै टीका लगाइदिए ।

स्वगतपछि उनी कुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । उनले भने, ‘म यो पेसाप्रतिको सोच परिवर्तन होस् भन्ने चाहन्छु । र यसकै लागि म नेपाल आएको छु ।’

You might also like

Comments are closed.