Nepal's First Video FM

महोत्सवमा दुई करोडको कारोबार

738

फाल्गुन २४,सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको दशदिने प्रदेश नं १ स्तरीय माहेत्सवमा अहिलेसम्म रु दुई करोडभन्दा बढीको कारोबार भएको छ ।

यही फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिनुभयो ।

त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेश नं १ का १२ जिल्लाका व्यापारी तथा उद्यमीले सहभागिता जनाएका छन् । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.