Nepal's First Video FM

वर्षौंपछि अवार्डमा सहभागी हुन नेपाल आएकी- नायिका बिपना थापाको आखा भरि आँशु के भयो, किन रोईंन ?

440

काठमाडौँ, एक सय भन्दा धेरै नेपाली फिल्ममा अभिनय गरेकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवाह गरेकि बिपना नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् ।

शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्यक्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् । विवाहपछि नेपालमा आयोजना हुने कुनै अवार्ड कार्यक्रममा उनी सहभागी हुन पाएकी थिइनन् । आयोजकहरुले पनि उनलाई सम्झने गरेका थिइनन् । नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले उनलाई एक महिना अगाडिदेखि नै सम्पर्क गरेर नेपाल बोलाएको हो ।

अवार्ड समारोहमा उद्घोषकको रुपमा रहेकी माल्भिका सुब्बाले वर्षौंपछि विपना थापासँग साक्षात्कार गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनको भनाई जान्न खोजिन् । तर, माइक समात्न नपाउँदै विपनाले आँशु थाम्न सकिनन् ।

उनी शब्दविहीन भइन् । १४ वर्षपछि अवार्ड कार्यक्रममा सहभागी भएर फिल्म इन्डस्ट्रीको परिवारसँग भेट्न पाउँदा आफूसँग खुसीको सीमा नरहेको उनले बताइन् । गहभरि आँसु पार्दै उनले भनिन्, ‘म नेपालमा नभएर पनि होला ।

त्यसैले कसैमाथि आरोप लगाउन चाहन्नँ । तर, आजसम्म फिल्म इन्डस्ट्रीको एउटा कार्यक्रममा पनि मलाई बोलाइएको थिएनन् । म १११ वटा फिल्ममा काम गरेको हिरोइन हुँ । तर, १४ वर्षसम्म कसैले मलाई सम्झिएनन् । नेफ्टाले एक महिना अगाडिदेखि बोलाएपछि स्वास्थ्य राम्रो नहुँदा नहुँदै पनि आएँ । एकदमै खुसी छु ।

You might also like

Comments are closed.