Nepal's First Video FM

ओली–नेपाल भेटवार्ता सम्पन्न, फागुन २८ गतेको निर्ण फिर्ता लिनुपर्ने अडान !

306

काठमाडौं, प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको भेटवार्ता सम्पन्न भएको छ।

तीन महिनापछि पहिलोपटक आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

उक्त बैठकमा ओली र नेपालसहित ११ जना नेता सहभागी थिए । आजको बैठकमा ओलीले गत फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर गरेका निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले लिएको छ ।

ओलीले फागुन २८ गतेको बैठकमा नेपालसहित उनी पक्षधर धेरै नेताहरुको जिम्मेवारी खोसेका थिए ।

You might also like

Comments are closed.