काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि पार्टीका केन्द्रीय सदस्यका लागि बालुवाटारमा चियापान कार्यक्रम राखिएको हो ।
विहान एघार बजेपछि बालुवाटारमा आयोजित चियापान कार्यक्रममा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन् ।
फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएपछि नेपाल खनाल पक्ष असन्तुष्ट छ । चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।
नेपाल-खनाल पक्षले भने केन्द्रीय समिति बैठकमा पनि सहभागी नहुने जनाएको छ । एमालेमा समानान्तर कमिटी गठन गरेको नेपाल-खनाल पक्षले चैत्र ४ गते राष्ट्रिय कार्यक्रता भेला आयोजना गरेको छ ।
Comments are closed.