Nepal's First Video FM

फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल मूल्य मात्रै ११८ पुग्यो !

253

काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र मट्टीतेल १०१ पुगेको छ । निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मंगलबार साँझ वृद्धि भएको इन्धनको मूल्य राति १२ बजेदेखि लागू हुने प्रवक्ता उपाध्यायले बताए ।

You might also like

Comments are closed.