काठमाडौं । नेपाली दर्शकहरुले गायिका ज्योति मगरलाई एकदमैं बोल्ड अवतारमा देख्दै आएका छन् ।
यो बीचमा कोरोना महामारीका कारण स्टेच कार्यक्रमहरु रोकिएका थिए । तर अहिले कोरोनाको असर कम हुँदै गएपछि स्टेच कार्यक्रमहरु पुनः सुचारु गर्न थालिएको छ ।
यस्तै, झापाको दमकमा होटल व्यवसायी संघ दमकले एक हप्ते दमक फूडफेस्टिवल आयोजना गरेको थियो । कार्यक्रममा गायिका मगरसहितका अन्य कलाकारहरुको पनि सहभागिता रह्यो तर ध्यान सबैको मगरतर्फ नै गयो । शनिबार ज्योति मगरेको प्रस्तुतीपछि कार्यक्रम सम्पन्न भएको थियो ।
लामो समय कोरोना कहरले थला परेको होटल तथा पर्यटन व्यवसायको प्रवर्धनका लागि फागुन २३ देखि २९ सम्म सातौं फूडफेस्टिवल आयोजना गरिएको थियो ।
फेस्टिवलमा सृजना खत्री, सन्दीप क्षेत्री, मेलिना राई, लाहुरे, निशान भट्टराई, रिया श्रेष्ठ, भीटेन र ज्योति मगर लगायतका चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहेको आयोजकले जानकारी दिएको छ ।
यी मध्येपनि ज्योति मगरको किलिङ्ग नाइटले झापामा कम्पन ल्यायो । उनको अवतारले सबैको ध्यान तान्यो । उक्त कार्यक्रमका केही तस्विरहरुपनि उनी स्वयंले किलिङ्ग नाइट झापा भन्दै पोष्ट गरेकी छिन्
Comments are closed.