पूर्व मन्त्री कांग्रेसका नेता नविन्द्रराज जाेशी स्वास्थ्य अवस्था नाजुक , मष्तिष्कघात भएपछि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत छन्
काठमाडौं । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।
फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।
नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।
करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारकाे सम्भावना कम भएको अस्पताल स्रोतले बताएको छ । जोशीको उपचारमा खटिएका चिकित्सहरूले जोशीको परिवारसँग परामर्श गरेका छन्
Comments are closed.