Nepal's First Video FM

भगवान जस्तै श्रीमान बिनोद र अनिता खडका खेलेको उनीहरुकै कथामा बन्यो दुनिया रूहाउने गीत (भिडियो हेरौ)

578

लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी अनिता र बिनोदको प्रेम कहानी थाह नपाउने कमै हुनुहुन्छ हो त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ।अनिता खड्का र बिनोद को जोडीलाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् उनीहरुबाट धेरै सिक्न पर्छ भन्दै सबैले यो जोडीबाट प्रेरणा लिएका छन सोहि क्रममा लोकप्रिय गायक बिमल डाँगी र संचारकर्मी कमल सरगमको नया दोहोरी गीत ‘सातै जुनी’मा बिनोद र अनिताको अभिनय सहितको गीत बाहिरिएको छ।

विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा अनिता खड्कालाइ सधै स्याहार सुसार गर्दै आएकी बिनोदकि दिदि राधा खड्का पनि जोडिएकी छिन।लोकप्रिय गायिका पूर्णकला बिसी र बिमल डाँगीले आवाज दिएको उक्त गीतमा बिमल डाँगीकै मन रूहाउने संगीत रहेको छ भने कमल सरगमको शब्द उक्त गीतमा रहेको छ।

चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोको छायांकन भने हरिश महराले गरेका हुन् भने सम्पादन बिनोद बम ले गरेका छन।विन्ध्यवासिनी म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतले सबैको मन जित्ने पक्का देखिएको छ।दर्शकको प्रतिक्रिया पनि निकै सुन्दर छ।गीतको टिमलाई बधाई छ।हेरौ भिडियो ::

You might also like

Comments are closed.