काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखे ।
अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने पनि उनको भनाई छ । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टीहरु झैझगडामा लागेको टिप्पणी गरे ।
दलका नेताहरु झैझगडामा उत्रिएकोले देश समस्यामा परेको सुनाए । उनले सबै दलभित्र अहिले आन्तरिक झगडा रहेको दाबी गरे । उनले भने,‘नेकपा एमलोभित्र झगडा छ । संसदमा स्थिरता देखिँदैन् । उनीहरु झगडा गरुन् न, हामीले के पायौं त ? हामीले त नेकपालाई दुई तिहाई मत दिएका थियौं । हामीले खोजेको कुरा यही हो त ? एउटा नेतापनि चोखो छैनन् ।
सबै नेता नाँग्गै छन् । प्रतिपक्षीले पनि काम गर्न सकेन् , नेपालीले केही पाएनन् । डा. दिक्षितले देश अहिले खत्तम अवस्थामा रहेको सुनाए । मुलुकमा रोजगारी नभएकोले लाखौं युवाहरु विदेशिन बाध्य भएको सुनाए । उनले भने,‘मुलुकमा रोजगारी छैन् । युवाहरु विदेशिन बाध्य भएका छन् । प्रधानमन्त्रीले चुनावमा जान संसद विघटन गर्नुभयो । तर, सर्वोच्च अदालतले त्यो निर्णय उल्टाईदियो । अहिले संसद चलेको छ । अब के कार्यक्रम लिएर अघि बढ्छ ? त्यो हेर्नुपर्छ ।
उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखे । उनले भने,‘महन्थजी कांग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन् । भारतको नरसिंह रावजस्तै हुन् । सबैलाई मिलाएर लैजाने व्यक्ति हो । प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन् । संसदको झैझगडा हुँदैन् । कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ । जसपामा उपेन्द्र यादव, राजन्द्र महतो पनि छन् । तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ । अगर ओलीले मत पाउन सक्नुभएन भने, कांग्रेस यता लाग्नुहुँदैन् । ठाकुरले सबै दलललाई मिलाएर सरकार बनाउनुपर्छ । चुनावी सरकार हुन्छ । सर्वदलीय सरकार बनाउनुपर्छ । मैले त यही निकास देखेको छु ।’
Comments are closed.