Nepal's First Video FM

रेशम चौधरीको रिहाइसम्बन्धी माग, सत्ता ‘लेनदेन’ को विषय नबनाउन राजकिशोर यादवको आग्रह

413

काठमाडौं । जसपा नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले रेशम चौधरीको रिहाइसम्बन्धी मागलाई सत्ताका लागि ‘लेनदेन’ को विषय नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सरकारलाई रेशम चौधरीको विषयलाई सिके राउत र नेत्रविक्रम चन्दकोभन्दा फरक रुपमा नबुझ्न आग्रह गरे ।

पूर्ववक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सम्बोधन गर्दै उनले भने, ‘परराष्ट्रमन्त्रीज्यू मेरो मित्र पनि हो र उहाँ वाक कलामा चातुर्य हुनुहुन्छ । उहाँले राजनीतिक उपलब्धिका यहाँ बखान गरेर जानुभयो, उहाँलाई साधुवाद छ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले सिके राउत र नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण आन्दोलनमा ल्याएको कुरा गरेको सन्दर्भलाई जोड्दै यादवले भने, ‘तपाईले यो कुरा गरिरहँदा थरुहट आन्दोलनमा अरु नेपाली सरह मैले पनि अधिकार पाउनुपर्छ भनेर लड्ने तपाईजस्तै, तपाईजत्तिकै हैसियतले आज यो सदनमा हुनुपर्ने रेशम चौधरी जेल जीवन बिताइरहेको छ, किन ?’

उनले हामी कस्तो विधि, थिति र प्रणालीमा बाँचिरहेका भनेर प्रश्नसमेत गरे । उनले भने, ‘सत्तामा भएपछि जे पनि गर्न हुने, विपक्षलाई जसरी पनि पेल्न हुने थिति नबसालौं ।’संविधान संशोधनको कुरा गर्दा ‘तपाईहरु सरकारमा आइदिनुप¥यो’ भन्ने, रेशम चौधरीको कुरा गर्दा ‘सरकारको लेनदेनको विषय’ बनाउने गरेको भन्दै उनले रेशम चौधरी सरकारका लागि लेनदेनको विषय बन्न नहुने प्रस्ट पारे । ‘त्यो शर्तका रुपमा बुझ्नु हुँदैन,’ उनले भने, ‘नत्र त्यो राजनीतिक बेइमानी हुन्छ ।’

You might also like

Comments are closed.