Nepal's First Video FM

चैत्र भित्र मेलम्चीको पानि राजधानीमा

862

माघ १३ ,  मेलम्चीको पानी सुन्दरीजलबाट  उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । बजेट अभावका कारण धूम्रबाराही–महाराजगञ्ज–सामाखुसी–कलंकी क्षेत्रको  वितरण सञ्जाल स्थापना अजै हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन रु आठ अर्बभन्दा बढी बजेट आवश्यक पर्ने जानकारी प्राप्त भएको छ। बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले बताएको छ।

उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्ने छ ।  हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको छ  भने अरुपनि जडान हुने प्रक्रियामा रहेको छ ।  पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.