Nepal's First Video FM

अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्री वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ? : अध्यक्ष केपी ओली

491

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा केही नेतालाई कारबाही गर्ने कुरा उठ्यो । बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गर्‍यो ।

पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार सोही क्रममा नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्नुपर्ने कुरा उठ्यो । तर, ओलीले इन्कार गरे ।

ती नेताका अनुसार शाक्य र झाँक्रीको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, “वेट नै नभएकासँग के स्पष्टीकरण सोध्नु ?”

शनिबारको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

You might also like

Comments are closed.