Nepal's First Video FM

जताजता नीता, त्यता त्यतै हरिहर – आउदै छ टेलिभिजन सो

664

काठमाडौंं । अभिनेता एवं ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाबीचको प्रेम लुकेको चीज रहेन अब । यो जोडीले अब व्यवसायिक सहकार्य पनि गर्दैछ ।

एक टेलिभिजनमा प्रसारण हुने भनिएको ‘द हरिहर अधिकारी सो’लाई नीताले निर्देशन गर्ने भएकी छिन् । यो सोमा सेलेव्रिटीको वर्तमान र भविष्यको जोखानासहितको चर्चा हुने भएको छ ।

नीताको निर्देशनमा उक्त सोको केही एपिसोड छायांकन भैसकेको जनाइएको छ । जसमा रेखा थापा, कोमल ओली र स्वयं नीताले अतिथिको रुपमा भाग लिइसकेका छन् ।

हरिहरले यसअघि एपी अन टेलिभिजनमा मार्गदर्शन कार्यक्रम संचालन गरेका थिए । यो जोडीले पछिल्लो समय खुलेरै प्रेम सम्बन्ध अघि बढाइरहेको छ ।

You might also like

Comments are closed.