काठमाडौं, नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गर्न नहुने टिप्पणी गरेका छन् ।
देश चलाउने व्यक्तिले प्रतिशोधको भावना लिए देश कहाँ पुग्छ ? भन्दै उनले उल्टै प्रश्न गरे । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जनताको सेवा गर्दा नै जनता प्रधानमन्त्री ओलीको पछि पछि लाग्ने सुनाए । उनले भने-“उहाँले राम्रा काम गर्ने हो । राम्रा र असल काम गर्दा नै जनता उहाँको पछि लाग्छन् । यदि उहाँले भनेकै मान्छे खराब हो भने जनताले तिरस्कार गर्छ । किनारा लगाउँछ । अनि उनलाई केही गर्नै पर्दैन् नि ? अनि मान्छेलाई प्रहरी लाउँछु, राज्य लाउँछु, अख्तियार लाउँछु, अर्को लगाउँछु, भनेर त्यसरी चल्छ आधुनिक राज्य ?”
Comments are closed.