Nepal's First Video FM

तपाईंलाई लाज लाग्दैन भन्दै ? ओलीसंग जंगिए भीम रावल

375

काठमाडौं – एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधान विपरीत आफूहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका छन् ।मंगलबार माधव नेपाल पक्षको अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै नेता रावलले आफै पार्टीको विधि र विधानविपरीत निर्णय गर्दै जाने ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्न लाज लाग्नुपर्ने बताएका हुन् । नेता रावलले एमाले केन्द्रीय समितिमा आफ्ना मान्छेहरूलाई मनोनयन गरेर अध्यक्ष ओलीले पार्टी फुटाउने र विभाजन गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाए ।

‘हाम्रो पार्टीको विधानको धारा १३ मा राष्ट्रिय महाधिवेशनको कुरा छ । महाधिवेशनअघि विधान अधिवेशन गर्न सकिन्छ तर त्यसभन्दा अघि केन्द्रीय समितिबाट छलफल गरेर मात्रै विधान संशोधन गर्न सकिन्छ । तर ओलीले बालुवाटारमा गुटको भेला गरेर पार्टी विधान संशोधनका नाममा मनलाग्दी गरेका छन्’, रावलको भनाइ छ ।

उनले नवौँ महाधिवेशनबाट बनेको विधान कुल्चेर, उल्लंघन गरेर विधानमा हुँदै नभएको आयोजक कमिटी गठन गरेको समेत बताए । ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नुभएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन ?’ नेता रावलको प्रश्न छ ।

उनले फागुन २८ गते बालुवाटारमा बसेको भनिएको केन्द्रीय समिति बैठक नै अवैध भएको भन्दै उक्त बैठकका निर्णय नमान्ने दोहोर्याए । ‘बालुवाटार बैठकको फागुन २८ को केन्द्रीय कमिटी भनिएको बैठकको निर्णय मान्दैनौँ । आफ्नो विधान मिचेर तपाईंले मनपरी किन गर्नुभयो ?’ रावलले प्रश्न तेस्र्याए ।

उनले आफ्नो सम्बोधन अघि ‘युवा हो उठ, एक भै जुट, यो देश जोगाउन, कम्युनिस्ट मास्ने राज्यलाई नास्ने भष्मासुर भगाउन । हामीले सोच्यौँ स्वाधीनता देशको हिमाल झैँ उठाउन, विश्वका सामु समाजवाद युक्त नेपाल चिनाउन’ भन्ने गीत समेत गाएका थिए । रातोपाटी

You might also like

Comments are closed.