Nepal's First Video FM

भोलिदेखि पठाओ चल्न दिँदैनौँ – ट्राफिक प्रहरी

841

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि (बुधबार)देखि पठाओ सेवा सञ्चालन हुन नदिने जनाएको छ । पठाओका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको भन्दै पठाओ चल्न नदिने जनाएको हो ।

पठाओले मोटरसाइकल र ट्याक्सी सेवा दिँदै आएको छ । काठमाडौं उपत्यकामा पठाओका हजारौँ प्रयोगकर्ता र राइडर छन् । पछिल्लो समय ट्याक्सी चालक र पठाओका बाइक राइडरबीच विवाद हुँदै आएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण भने, “लुकेर चलाउँछन् भने बेग्लै कुरा हो । अन्यथा, चल्न दिँदैनौँ । सडकमा देखेमा कारबाही गर्छौँ । पठाओ राइडर सडकमा भेला हुँदा सवारी आवागमन प्रभावित भएको छ ।”

You might also like

Comments are closed.