Nepal's First Video FM

पुरुषलाई पच्चीस प्रतिशत आरक्षण दिएर महिला दिवस ! पढ्नुहोस्

899

फाल्गुन २५, एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बिहिबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको छ ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत अनिवार्य महिला आरक्षणको व्यवस्था भए पनि महासंघले आफ्नो महिला केन्द्रित कार्यक्रममा २५ प्रतिशत पुरुष आरक्षण दिएर कार्यक्रम गर्दै आएको छ । आजको महिला सम्मेलनमा २४८ मध्ये एक तिहाइ पुरुष सहभागी थिए ।

“अल्पसंख्यक हुँदा कस्तो अनुभूति हुँदो रहेछ भन्ने अनुभूत गराउन जिफन्टले आयोजना गर्ने महिलासम्बन्धी कार्यक्रममा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशत प्रतिनिधि बनाउने विधि अवलम्बन गरेका हौँ”, जिफन्टका अध्यक्ष एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भन्नुभयो, “यसले पुरुषमा महिलाका विषयलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न सहयोग गरेको छ ।”

जिफन्टका महासचिव विष्णु लम्सालले नीतिनिर्माण तहमा पुरुषको बोलवाला रहेको अवस्थामा शुरु गरिएको यो अवधारणाले पुरुषलाई पनि महिला अधिकारका विषयमा सचेत हुन प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल प्रमुख रिचर्ड हावर्डले नेपालमा महिलाको नीतिनिर्माण तहमा वृद्धि भएको संख्या एसियामा नै देखाउन लायक भएको धारणा व्यक्त गर्नुभयो ।

एमालेका सांसद बिन्दा पाण्डेले लामो संघर्षले महिला अधिकार स्थापित गर्ने पक्षमा धेरै उपलब्धि हासिल भएको भन्दै अझै पनि केही विषयमा अभियान चलाउनुपर्ने बताउनुभयो । रासस

You might also like

Comments are closed.