काठमाडौँ, चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ ।
निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो ।
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ ।
Comments are closed.