Nepal's First Video FM

भीम रावलले केपी ओलीलाई लगाए आरोप- सत्ता जोगाउन विभिन्न शक्तिसँग साँठगाँठ गर्दैछन्

491

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।

रावलले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओली नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’

प्रधानमन्त्रीले जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यको लागि संवाद गरिरहेको सन्दर्भमा रावलको यस्तो प्रतिक्रिया आएको हो । जसपाको महन्थ ठाकुर राजेन्द्र महतो पक्ष ओलीसँग सकारात्मक संवादमा छ ।

जसपाले रेशम चौधरीको रिहाइ तथा मधेशको नागरिकता समस्या समाधानका विषय उठाउँदै आएको छ । रावल सहित एमालेका चार नेतासँग पार्टीले स्पष्टीकरण मागेको छ । स्पष्टीकरण पेश गर्ने तीन दिनको अवधि आज सकिँदैछ ।

You might also like

Comments are closed.