काठमाडौं– नेपाल टेलिभिजनबाट प्रसारित दोहोरि ‘दोहोरी च्याम्पियन’को पहिलो भाग निकै विवादित बन्न पुग्यो । यसै बीच केहि मान्छेहरुले भने यो बिबाद पोब्लीसिटिको फण्डा हो पनि भनेका छन् ।
ठुलै राशिको पुरस्कार राखेर आयोजन गरिएको ‘दोहोरी च्याम्पियन’ विवादित बन्नुको मुख्य कारण निर्णायक मण्डलमा बसेकाहरुको बोल्ने शैली बनेको छ । पहिलो भाग प्रसारण भए पछी दोहोरी च्याम्पियनमा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन् ।
निर्णायकहरु प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्रतिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको चर्को आलोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्ट र अभिव्यक्तिलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् ।
यस बिषयमा चन्द्र शर्मा भन्छन – डिजिटल अडिसनबाट आएका थुपै्रै प्रतिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सु’टिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन ।
यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ ।
पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ ।
Comments are closed.