Nepal's First Video FM

ओहो : एकै ठाउँमा – भुवन, सरोज, गौरी, विपना, सनी, निरुता मस्त (तस्बिरसहित हेर्नुहोस )

419

काठमाडौं, । कुनैबेला नेपाली चलचित्रमा दबदबा बनाएका नायक, नायिका हुन् भुवन केसी, सरोज खनाल, गौरी मल्ल, विपना थापा, सनी रौनियार अनि निरुता सिंह । उनीहरु एकै थलोमा भेला भई नाँचे गाए अनि झुमे ।

सञ्चारकर्मी सुशील नेपालको व्यवस्थापनमा नयाँ खुलेको जापानिज रेष्टुरेन्ट माट्सुरी टोकियोमा पुराना कलाकारहरुले मस्ती गरेका हुन् । त्यहाँ भुवन केसी र सरोज खनाल खुबै नाँचेका थिए । गौरी मल्लले गीत गाएकी थिइने् ।

निरुता सिंह, सनी रौनियार र विपना थापाले नाँचगान गरे । उनीहरु लामो समयपछि एकैथलोमा भेला भएका हुन् ।

विपना भारतीय पुरुषसँग घरजम गरी बस्दै आएकी छिन् । उनी हालै नेपाल आएकी हुन् । अमेरिकी नागरिक भइसकेका सरोज खनाल पनि बेला बेलामा नेपाल आइरहन्छन् । सनी रौनियार लामो समययता सार्वजनिक रुपमा देखापरेकी थिइनन् ।

गायक दीप श्रेष्ठ पनि त्यहाँ पुगेका थिए ।

You might also like

Comments are closed.