फाल्गुन २५, दमास्कस — सिरियाली सरकारी सेनाले पूर्वी क्षेत्र गुटामा तीन सातादेखि गर्दै आएको आक्रममण नरोकेपछि बिहीबार उक्त क्षेत्रमा सहायता संस्थाले मानवीय सहयोग सामग्री वितरण गर्न असफल भएका छन् ।
अन्तर्राष्ट्रिय संस्थाका अनुसार सिरियाली सरकारी सेनाले बिहीबार पनि पूर्वी गुटा क्षेत्रमा विद्रोही लक्षित आक्रमण जारी राखेका छन् । विद्रोही लक्षिण हवाई आक्रमणका लागि सरकारी फौजलाई रूसी सेनाले सहयोग गर्दै आएको छ । बिहीबार दिनभर भएका आक्रमणमा बालबालिकासहित दर्जनौं मानिसको ज्यान गएको जनाइएको छ । क्लोरिन ग्यासको आक्रमणबाट सयौं मानिसमा श्वासप्रश्वासको समस्या देखिएको एएफपीले जनाएको छ ।
बिहीबार सरकारी फौजले जमल्कामा गरेको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको मानव अधिकारी समूह ‘सिरियन अब्जर्भेटरी फर हयुमन राइटस्’ ले जनाएको छ । समूहका अनुसार हालसम्म पूर्वी गुटा क्षेत्रमा गरिएका आक्रमणमा मर्नेको संख्या ९ सय पुगेको छ । सरकारी सेनाले गुटाको करिब २० प्रतिशत भू–भाग नियन्त्रणमा लिएको दाबी गर्दै विद्रोहीलाई पूर्णरूपमा परास्त नगरेसम्म आक्रमण नरोक्ने बताएको छ । यसअघि संयुक्त राष्ट्रसंघले मानवीय सहयोगका लागि उक्त क्षेत्रमा कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न प्रस्ताव पारित गरेपनि युद्ध रोक्न असफल भएको छ । गोलाबारीका जारी नै रहेपछि बिहीबार राष्ट्रसंघ, अन्तर्राष्ट्रिय रेडक्रस र सिरियाली अरब रेड क्रेसेन्टले मानवीय सहयोग लैजान प्रयास असफल भएको छ । अन्तर्राष्ट्रिय रेडक्रसका प्रवक्ता इन्गी सेड्कीले भने, ‘बिहीबार गर्ने भनिएको सहायता सामग्री वितरण सरेको छ । आक्रमण जारी नै रहेकाले त्यस्तो अवस्थामा हामीलाई उक्त क्षेत्रमा जान असफल भएका हौं ।’ यसअघि पनि उक्त क्षेत्रमा सहायता सामग्री पुर्याउने प्रयास असफल भएको थियो । त्यसलगत्तै राष्ट्रसंघले ‘सर्वसाधारणमाथिहुने कुनै पनि दण्ड अस्वीकार्य’ भएको जनाएको थियो ।
गुटामा करिब ४ लाख सर्वसाधारण छन् । विद्रोहीको नियन्त्रणमा रहेको गुटामा गत फेब्रुअरी १८ देखि रूसी सेनाको सहयोगमा सरकारी सेनाले गरेको आक्रमण गर्दै आएको हो । राष्ट्रसंघका उक्त क्षेत्रका मानिस खाना तथा पानी लगायत मानवीय सहयोगको प्रतीक्षमा रहेका छन् ।
यसअघि सोमबार पूर्वी गोटा छाड्न चाहने सर्वसाधारणका लागि दैनिक ५ घण्टा आक्रमण स्थगित गर्ने रूसले जनाएको थियो । तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उक्त घोषणा कार्यान्वयन नभएपछि सर्वसाधारण थप मर्कामापरेका हुन् । राजधानी दमास्कसबाट पूर्वमा पर्ने गोटा सन् २०१३ देखि विद्रोहीको नियन्त्रणमा छ त्यसयता भएका द्वन्द्वका कारण ३ लाख ५० हजार मानिसको ज्यान गइसकेको छ।
साभार इकान्तिपुर
तस्बिर : एएफपी
Comments are closed.