Nepal's First Video FM

मलामी गएका बालक नदीमा बेपत्ता

970

फाल्गुन २५, मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.