Nepal's First Video FM

हास्यकलाकार दिपा श्री निरौलाको फेसबुक ह्याक,निरौलाका भान्जासँग मागे ह्याकरले भाइ बिरामी भयो भनेर एक लाख रुपैयाँ

512

काठमाडौँ, चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।उनको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले जानकारी दिइन्।

कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको उनले बताइन्।’सरोज खनालको नामबाट बहिनी कता छौ? एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,’ निरौलाले सेतोपाटीसँग भनिन्,’पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।’

ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।’मेरो अकाउन्टबाट भान्जा सुमन गिरीलाई मेरो भाइ बिरामी भयो एक लाख रुपैयाँ दिनु न भनेर पठाइएको रहेछ। त्यसपछि भान्जाले डिटेल्स माग्यो,’ उनले भनिन्,’ सरोज दाइको अकाउन्ट ह्याक भएको रहेछ।’

फेसबुक ह्याक भएकोबारे उजुरी दिन प्रहरी कार्यालयमा बुझिरहेको उनले जानकारी दिइन्।’अहिले साइबर ब्युरोमा जाँदै छु,’ उनले भनिन्।

You might also like

Comments are closed.