काठमाडौं – गायक तथा सर्जक सम्राट चौलागाईको ‘तामा पित्तल’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सम्झिनी पानी छम्किनी’को अपार सफल्तापछि उक्तगित डिसिरिज युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक सम्राटको शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि आवाज सुन्न सकिन्छ। गीतमा जगत तिवारीको ¥यापपनि समावेश गरिएको छ जनाइएको छ।
‘तामा पित्तल’ गीतमा चर्चित अभिनेता पल शाह, मोडल दुर्गेश थापा, मोडल गरिमा शर्मा र गुरान्स् ढकालको बबाल डान्स देख्न सकिछ । चर्चित निर्देशक शिव बिकले निर्देशन रहेको भिडियोमा बाल कलाकार आयुशि ढकाल र टिवन्स् जेभिन जेभिस श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ। यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने मिलन विश्वकर्माको सम्पादन गरेका हुन्।
Comments are closed.