Nepal's First Video FM

सुन आयात ६३ प्रतिशत बढ्यो, बजारमा अभाव !

338

काठमाडौँ,कोरोना नियन्त्रणका लागि लकडाउन गर्दा सरकारले दैनिक दस केजी मात्रै सुन आयात गर्न पाउने व्यवस्था गर्‍यो। गत वर्ष चैतमा गरिएको यो व्यवस्था अहिलेसम्म कायमै छ। त्यसअघि दैनिक बीस केजीसम्मको कोटा निर्धारण गरिएको थियो।

आयातित सुनको परिणाममा कटौती गरिएपछि अहिले बजारमा सुनको चरम अभाव भएको व्यवसायीहरूले गुनासो गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्यले हाल व्यवसाय नै अवरुद्ध हुनेगरी सुनको अभाव भएको बताए। उनले भने, ‘कतिपय अर्डर फिर्ता पठाउनुपरेको अवस्था छ, लकडाउन खुले पनि हामीले व्यवसाय गर्न पाइएन।

लकडाउन बेला आयातमा गरिएको कडाइ अहिलेसम्म कायम राखिनु जायज नभएको उनले बताए। सञ्चित विदेशी मुद्रामा कमी आउन सक्ने डरले सरकारले गत चैतदेखि सुनमा दैनिक कोटा दस केजीमा झारेका थियो।

मदिरा तथा महँगा सवारीसाधन आयातमा समेत प्रतिबन्ध लगाइएको थियो। यिनको बन्देज खुला भइसकेको छ तर सुनको कोटा भने बढाइएको छैन।

You might also like

Comments are closed.