काठमाडौं । फागु पूर्णिका दिन बसन्तपुर पुग्दा सडक पेटीमा एक महिला रंगहरु बेच्न ग्राहकको प्रतिक्षामा थिइन् । उनको छेउमा दुईवटा वैशाखी राखिएको थियो ।
नजिक गएर हेर्दा थाहा भयो, महिलाको एउटा खुट्टा सद्दे रहेनछ । बायाँ खुट्टा प्लास्टर गरेर माथिबाट कपडाले बेरिएको थियो । खुट्टाको पीडा सहेर यसरी सडकमा रंग बेच्न बसेकी महिलाले आफ्नो नाम माला बानिया बताइन् ।
मालाका अनुसार उनको खुट्टा भाँच्चिएको छ र डाक्टरहरुले यो कुहिसकेको भन्दै काट्नुपर्ने बताएका छन् ।
‘अहिले ब्यान्डेज गरेर दवाइ खाँदै गर्नुस भनेका छन्,’ उनले भनिन् । नेपाल प्रेस
Comments are closed.